Meta Title --> इन्डोनेसियामा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

इन्डोनेसियामा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता


 इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा माछा मार्ने डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भएका स्थानीय अधिकारीले बताएका छन्।

शनिबार माछा मार्ने क्रममा १७ यात्रु बोकेको डुङ्गा डुबेको अधिकारीले जानकारी दिए ।

दक्षिणपश्चिम पपुवा प्रान्तको खोज र उद्धार कार्यालयका प्रमुख मोन्स ब्रुरीका अनुसार सोमबार दिउँसो अर्को माछा मार्ने डुङ्गाले दुई जना चालक दलका सदस्यहरूलाई उद्धार गरेको थियो।

Previous Post Next Post