Meta Title --> सवारी दुर्घटनामा एक जनाको मृत्यु

सवारी दुर्घटनामा एक जनाको मृत्यु


 मोरङको बेलबारी नगरपालिका–४ मा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ ।

मोरङको बेलबारी नगरपालिका–४ पूर्व पश्चिम लोकमार्गमा को १ ज ३३९९ नम्बरको म्याजिक भेनले पैदलयात्रीलाई ठक्कर दिँदा घाईते भएका पैदलयात्री बेलबारी –४ का ६५ बर्षीय लक्षुराम राईलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पुर्‍याउनसाथ मृत्यु भएको थियो ।

चालक मोरङ बेलबारी नगरपालिका–५ का ४२ बर्षीय सूर्यबहादुर माझीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको बताइएको छ ।

Previous Post Next Post