Meta Title --> किसानका दुःख: दोस्रोपटक लगाएको आलुलाई ‘पाला’को डर

किसानका दुःख: दोस्रोपटक लगाएको आलुलाई ‘पाला’को डर


 बाँकेको हिरमिनियाका किसानले दोस्रो पटक आलु लगाएका छन्। कात्तिक तेस्रो साता आएको बेमौसमी पानीले सखाप पारेपछि किसानले दोस्रोपटक आलु लगाएका हुन्।

दोस्रोपटक आलु लगाएका किसान अझै राम्रो हुनेमा डराइरहेका छन्। चिसो शुरू भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने गर्दछ। एकपटक पानी र अर्को पटक पालाले नोक्सानी पु¥याउने हो कि भन्ने किसानलाई चिन्ता रहेको छ।

कालाबन्जरका नरेन्द्र कुम्हारले २ लाख खर्च गरेर पुनः आलु लगाएको बताउनुभयो। पहिला आलु लगाउँदा नरेन्द्रले ३ लाख बढी खर्च गर्नुभएको थियो । दोस्रोपटक आलुको बिउ किनेर लगाउनु प¥यो । मल हाल्नु परेन। नरेन्द्रले १७ कठ्ठामा आलु लगाउनुभएको छ।

Previous Post Next Post