Meta Title --> ६८ लाखसहित ४ जना हुण्डी कारोबारी पक्राउ

६८ लाखसहित ४ जना हुण्डी कारोबारी पक्राउ


 प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न ४ जनालाई रकमसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित शम्भुमार्गमा मंगलबार स्रोत नखुलेको ६८ लाख रुपैयाँ नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हाे।

पक्राउ परेकाहरूमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल निवासी ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल, र झापा बिर्तामोड नगरपालिका–५ निवासी २७ वर्षीय युवराज सुवेदी रहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

Previous Post Next Post