झापामा सवारी दुर्घटनामा परी एकैदिन चार जनाको मृत्यु भएको छ । झापाको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
चारै जनाको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो । २४ घण्टा नबित्दै जिल्लाभरि ७ वटा दुर्घटना भएको र ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
ती सातवटा दुर्घटनामध्ये पाँचवटा मोटरसाइकल दुर्घटना भएका हुन् भने एक-एकवटा सिटी र ट्रयाक्टर दुर्घटना भएको कार्यालयले जनाएको छ ।