झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको् मृत्यु भएको छ । दमक र शिवसताक्षी नगरपालिका क्षेत्रमा दुर्घटना भएको हो ।
गएराति १०ः१० बजे दमक १० स्थित सेतुमारी चोकनजिक बालुबथानतर्फ जाँदैं गरेको प्रदेश १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ रतुवामाई नगरपालिका ८ बस्ने २७ वर्षीय बिराज थापा, पछाडि सवार गौरादह ५ बस्ने ३२ वर्षीया जमुना धिमाल र सोही ठाउँ बस्ने २५ वर्षीया मनचरी राई भनिने ओम कुमारी राई घाइते भएका थिए ।
उपचारको लागि तीनै जनालाई दमक अस्पताल पठाइएकोमा घाइते दुवै महिलाको उपचारको क्रममा राति ११ः३५ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक थापालाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ ।