उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय अगाडि सैनिक व्यारेक नजिक शनिवार बिहान ५ बजे हाइसको ठक्करबाट एक जना पेदल यात्रीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले दिएको जानकारी अनुसार त्रियुगा नगरपालिका वडा नं ११ चप्पन घर भएका ५५ वर्षका पवनसेर राई पैदल हिडिरहेको अवस्थामा गाईघाट दिक्तेल सडकको साउने खण्डमा पर्ने बोक्से करमगाछीतिरबाट गाईघाट बजारतिर जाँदै गरेको बा. प्र.०१( ००६( ख ५८७१ नं को गाईघाट काठमाडौँ चल्ने हायसले पछाडिबाट राईलाई ठक्कर दिएको थियो ।
हाइसको ठक्करबाट घाइते भएका राईलाई तत्कबालै प्रहरीले उद्धारगरी उपचारका लागि जिल्ला अस्पताल लगेकोमा बिहान ६.०५ बजे चिकित्सकले राईलाई मृत घोषणा गरेका थिए ।