चितवनको राप्ती नगरपालिकामा गएराति गाडीले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ।
हेटौँडादेखि नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख ०५५५ नम्बरको ईभी भ्यानले राति ११ बजेतिर राप्ती नगरपालिका- १ स्थित पिप्लेमा ठक्कर दिँदा राप्ती-२ का २८ वर्षीय सन्दीप रुवालीको मृत्यु भएको हो।