पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। साथै सुदूरपश्चिम प्रदेशको थोरै तथा कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको छ।
मौसममा बदली भएसँगै नेपालमा थप चिसो बढ्ने भएको छ। मंसिर अन्तिम साता नेपालमा चिसो अत्यधिक बढेर बिस्तारै घटेकोमा सोमबारदेखि पुनः चिसो बढ्न थालेको महाशाखाले जनाएको छ।