Meta Title --> जलेश्वर कारागारका थुनुवाको मृत्यु

जलेश्वर कारागारका थुनुवाको मृत्यु


 महोत्तरी — महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । ६ महिनाअघि जिल्ला अदालत महोत्तरीले सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निसाज सुनुवारलाई लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको थियो । उनको आइतबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



Previous Post Next Post