१४ वर्षीया बालिकालाई अपहरण गरी भारत लगेको आरोपमा लमजुङ प्रहरीले एकै परिवारका ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भारतको मोतिहारी घोडासान थाना बकुलिया-५ घर भई हाल बेंसीसहर नगरपालिका-७, सहजी बस्दै आएका ४० वर्षीय शेख सइतुला, उनका श्रीमती र छोरालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार किशोरीलाई मंसिर २४ गते बिहान साँढे ८ बजेतिर परिवारलाई थाहै नदिई बेंसीसहरबाट लगेको र नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट उद्दार गरी ल्याइएको छ । प्रहरीले उक्त क्षेत्रबाट नै शेख परिवारलाई पक्राउ गरेको जनाएको छ ।
शेखले आफ्नो छोराले भगाएर लगेको भनी किशोरीकी आमालाई फोन गरेपछि घटना बाहिरिएको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवले किशोरीलाई उद्दार गर्नुका साथै घटनामा संलग्न ३ जनालाई पक्राउ गरी सोमबार ल्याएको र मंगलबार अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर मुद्दामा लमजुङ जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको बताए ।