भारतको आगरा शहरका एक युवकले आमासहित आफनै परिवारका ५ जनाको सामुहिक हत्या गरेका छन्। हत्या भएका मध्ये दुई नाबालिग छन्।
घरबाट करिव ३५० किलोमिटर टाढा लखनऊ शहरको एक होटलमा उनीहरुको हत्या भएको हो। प्रहरीका अनुसार घट्ना नाका क्षेत्रमा रहेको होटल शरणजीतमा भएको हो।
जसमा युवककी आमा अस्मा तथा बहिनीहरू १९ वर्षीया अल्सिया, १६ वर्षीया अक्सा, १८ वर्षीया रहमीन र ९ वर्षीया आलिया मारिएका छन्। हत्यामा संलग्न रहेको आरोपमा २४ वर्षीय अरशद पक्राउ परेका छन्।
मध्य लखनऊका प्रहरी उपायुक्त (डीसीपी) रविता त्यागीका अनुसार अभियुक्तले आफ्नै परिवारका ५ जनाको हत्या गरेको स्वीकार गरेका छन। उनीहरु सोमबार लखनऊस्थित उक्त होटलमा आएर वसेका थिए।
त्यसैक्रममा घरायसी विवादका कारण अरशदले सवैको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको डीसीपी रविताले बताइन्।