Meta Title --> प्रधानमन्त्रीको जिल्लामा प्रचण्डलाई भुईँमा राखेर केराको पातमा भातः ओलीलाई भने ‘कपटी’

प्रधानमन्त्रीको जिल्लामा प्रचण्डलाई भुईँमा राखेर केराको पातमा भातः ओलीलाई भने ‘कपटी’


  खवरदारी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आज कार्यकर्ताले केराको पातमा खाना खुवाएर सत्कार गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले झापाको गौरीगञ्ज गाउँपालिका–१, महाभाराका माओवादी कार्यकर्ता तिलक राजवंशीको घरमा खाना खाए। उनलाई कोच संस्कृति अनुसार बिहानको खाना खुवाईएको थियो।

दाहालले भुईमा पलेँटी कसेर केराको पातमा उसिना चामलको भात, लाफाको पेल्का (लाफा सागको चिप्लो दाल) आलु र काउलीको भाजी तथा रहु माछाको परिकार खाए। कोच संस्कृतिमा पलेँटी कसेर खाना खाने चलन छ।

दाहालसंगै हरिबोल गजुरेल, इन्द्र आङबो, सावित्रीकुमार काफ्ले, जीवन आचार्य, धर्मशीला चापागाँईलगायत करिव ७५ जना नेता कार्यकर्ताले तिलकको घरमा खाना खाएका थिए।

Previous Post Next Post