Meta Title --> पिंगलास्थानमा युवतीको मृत्यु प्रकरणः ३ वर्षको प्रेम सम्वन्धमा खटपट, अनाहकमा गयो २ ज्यान

पिंगलास्थानमा युवतीको मृत्यु प्रकरणः ३ वर्षको प्रेम सम्वन्धमा खटपट, अनाहकमा गयो २ ज्यान


 काठमाण्डौँको गौशालास्थित पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्यामा आशंका गरिएका उनका प्रेमी २३ वर्षीय देवबहादुर थापा शनिबार ओखलढुंगामा मृत फेला परे।

पिंगलास्थानस्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा मंगलबार थापासँगै गएकी सुस्मिता त्यसको भोलिपल्ट बुधबार मृत फेला परेकी थिइन्। थापाले होटलको कोठामा बाहिरबाट चुकुल लगाई उनको मोबाइलसमेत लिएर गएका थिए। त्यसैले हत्यामा उनको संलग्नताको अनुमान गरिँदै आएको थियो।

प्रहरीले उनको मोबाइल लोकेशन ट्रेस गर्दा उनी ओखलढुंगामा देखिएका थिए। त्यसपछि काठमाडौंबाट बिहीबार नै अनुसन्धान टोली ओखलढुंगा गएको थियो। सुनकोशी गाउँपालिकाको हर्कपुरस्थित उनको पुख्र्यौली घरमा प्रहरी पुगेपनि देवबहादुर त्यहाँ थिएनन्।

Previous Post Next Post