मोरङको उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार साँझ ‘स्टार्ट’ गर्ने क्रममा हुत्तिएर स्कुटर दुर्घटना भएको हो।
उर्लाबारी नगरपालिका–५ मा प्रदेश १–०२–०४५ प २४६० नम्बरको स्कुटर ‘स्टार्ट’ गर्न खोज्दा हुत्तिएर अगाडि भएको भित्तामा ठोक्किएर दुर्घटना भएको को प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक उर्लाबारी–५ झुम्राहाका ४५ वर्षीय नरेन्द्र गुरुङको मृत्यु भएको छ।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो। अस्पताल पु¥याउनसाथ उनको मृत भएको थियो।