Meta Title --> विराटनगरमा भारतीय ट्रकले ३ जना सवार मोटरसाईकललाई ठक्कर दिँदा चालकको मृत्यु

विराटनगरमा भारतीय ट्रकले ३ जना सवार मोटरसाईकललाई ठक्कर दिँदा चालकको मृत्यु


 विराटनगरमा कोईला बोकेको भारतीय ट्रकको ठक्करबाट मोटरसाईकल चालक युवाको मृत्यु भएको छ।

जेएच १५ जे ७१०३ नम्बरको ट्रकले ३ जना सवार प्रदेश नम्बर १–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकललाई शुक्रबार साँझ विराटनगर–१४, आईसीपी रोडमा ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने त्यसमा सवार दुईजना घाइते भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

Previous Post Next Post