राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफु गृहमन्त्री हुँदा बलात्कारको आरोप लागेका एमाले नेतालाई उन्मुक्ति दिएको उनकै पार्टीकी केन्द्रिय सदस्य टिका सङ्ग्रौला (ज्वाला) ले खुलासा गरेकी छिन्।
सहकारी ठगी प्रकरणमा मुद्दा खेपिरहेका लामिछानेको वढाई–चढाई गर्न खोज्दा संग्रौलाले यो तथ्य चुहाएकी हुन। एमालेसहितको गठबन्धन सरकारमा गृहमन्त्री भएका लामिछानेले पूर्वमन्त्री महेश बस्नेतलाई बलात्कार आरोपमा जोगाइदिएको नेतृ संग्रौलाले खुलाएकी छिन्।
शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको एउटा बलात्कारी आज निकै उफ्रिदै छ रे त साथीहरु । अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको ! याद गर काजी…!’
बस्नेतलाई खुइल्याउन लेखेको स्टाटसले आफ्नै सभापतिमाथि प्रश्न उठेपछि संग्रौलाले अहिले सच्याएकी छन् । रविको नाम निकालेर उनले लेखेकी छन्, ‘एउटा बलात्कारी आज निकै उफ्रिदै छ रे त साथीहरु । अहिले कुर्सी त्यसको बाउको, त्यसपछि हाम्रो दाइको ! याद गर काजी…!’
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले रास्वपा सभापति लामिछाने लक्षित अभिव्यक्ति दिएका थिए। काउन्टरमा ज्वालाले बस्नेतलाई बलात्कारी प्रमाणित गर्न आफ्ना सभापतिले उन्मुक्ति नदिएको भए बस्नेत जेलमा पुग्न सक्ने आशयको स्टाटस लेखेकी थिइन्।