दाङको तुलसीपुर उपमहानगरपालिका– ५ बिपी चोकमा रहेको एनएमबी वैंकको शाखा कार्यालयमा चोरी गर्न पुगेका एक युवक पक्राउ परेका छन्।
तुलसीपुर–१८ दुधरासका २७ वर्षीय सन्तोष चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी हिरासतमा रहेका चौधरीले उपचार गर्ने पैसा नभएपछि बैंकमा चोरी गर्न गएको वयान दिएका छन्। खुट्टामा रड लागेको र बैंकमा चोरी गर्न पाए उपचारका लागि पर्याप्त पैसा हुने ठानेर चोरी गर्न गएको उनको वयान छ।
एक व्यक्ति मध्यरातमा बैंकमा प्रवेश गरेको भन्ने सूचनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोली एनएमबी बैंकको कार्यालय भित्रैबाट आइतबार बिहान करिव २ चौधरीलाई पक्राउ गरेको हो।