Meta Title --> शिवसताक्षीमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

शिवसताक्षीमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु


 झापाको शिवसताक्षीमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा शिवसताक्षी-९ का १९ वर्षीय सुजल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी–११ स्थित झरना पुलनजिक मंगलबार दिउँसो साढे २ बजेको समयमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६४५४ पिकअप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

Previous Post Next Post