गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन् । कलाकारले आफ्नो ब्राण्ड पहिचानलाई कायम राख्न लोगो सिर्जना गर्ने विश्वब्यापी अभ्यास छ ।
रिमालको अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथाको आकृति झल्कने गरि लोगो डिजाइन गरिएको छ । अर्घाखाँची महोत्सवको मंचबाट रचनाले लोगो सार्वजनिक गरेकी हुन् ।