अवैध सम्वन्धबाट बच्चा जन्मिएपछि हत्या गरी डस्टविनमा फालेर फरार भएकी कक्षा ९ मा अध्ययन गर्ने १७ वर्षीया किशोरी र १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
प्यूठानको सरुमारानी गाउँपालिका–२ मा डस्टबिनभित्र नवजात शिशुको शव फालेको आरोपमा उनीहरु पक्राउ परेका हुन। किशोरी अर्घाखाँचीको शितगंगा नगरपालिकाकी हुन। उनी पढ्नका लागि सरुमारानीस्थित आफन्तकोमा बस्दै आएकी थिइन्। किशोरीका बुवाको मृत्यु भइसकेको छ भने आमा रोजगारीको सिलसिलामा दुबईमा छिन्। किशोर भने सरुमरानी गाउँपालिकाकै हुन्।
बिहीबार बिहान फोहोर संकलनका लागि राखिएको डस्टबिनमा शिशुको शव भेटिएपछि प्रहरीले अनुशन्धान थालेको थियो। मृत भेटिएको शिशु जन्मिएको ५/६ दिन भएको खुलेको छ। तालिमप्राप्त कुकरसहितको सहयोगमा अनुसन्धान गर्दा प्रहरीले पहिला किशोरीलाई पक्राउ गरेको थियो। उनकै वयानका आधारमा किशोर पक्राउ परेका हुन।