भारतको उत्तर प्रदेशस्थित आगराकी एक महिलाले बिवाहको १ महिनापछि नै श्रीमानसँग सम्बन्ध विच्छेद गराइ दिन माग गरेकी छिन्। श्रीमानले ननुहाने र गन्हाएर नजिक वस्नै नसक्ने भएकाले उनले सम्वन्ध विच्छेद माग गरेकी हुन।
श्रीमानले महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको भन्दै ती महिला स्थानीय परिवार परामर्श केन्द्रमा पुगेकी छिन्। श्रीमानले विरलै मात्रै नुहाउने अनि मैलो भइसक्दा पनि लुगा नफेर्ने महिलाको गुनासो थियो। ‘जिउ गन्हाएर नजिक समेत उभिन गाह्रो हुन्छ’ उनले भनेकी छिन्। आफूले बिहे गरेर गएको ४० दिनमा श्रीमानले जम्मा ४ दिन नुहाएको महिलाको भनाई थियो।
यही कारणले महिलाले ४० दिनअघि मात्रै बिहे भएको श्रीमानसँग उनले सम्बन्ध विच्छेद मागिन्। महिलाका श्रीमानले भने आफूले महिनामा एक÷दुई पटक नुहाउने र हप्तामा एक पटक गंगाजल छर्केर शरीरको शुद्धीकरण गर्ने गरेको बताएका छन्।