Meta Title --> शिक्षिकाले हानेको लठ्ठीले लागेर युकेजीमा पढ्ने ६ वर्षीय बालकको आँखा फुट्यो, शिक्षिका फरार

शिक्षिकाले हानेको लठ्ठीले लागेर युकेजीमा पढ्ने ६ वर्षीय बालकको आँखा फुट्यो, शिक्षिका फरार


  पश्चिम नवलपरासीमा एक शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने ६ वर्षीय बालकको आँखा फुटेको घट्ना एक महिनापछि सार्वजनिक भएको छ।

प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले हानेको प्लाष्टिकको लठ्ठीले लागेर बालक प्रशान्त चौधरीको बायाँ आँखा फुटेको घट्ना अहिले आएर सार्वजनिक भएको हो।

घटना १८ मंसिरमा भएपनि एक महिनापछि मात्रै प्रहरीमा उजुरी पुगेको छ। १९ पुसमा शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। तर, उनी फरार भएकी छिन्।

प्रहरीका अनुसार कक्षामा पढाइ भईरहेको थियो। दुईजना विद्यार्थीको झगडा परेपछि शिक्षिकाले प्लास्टिकको पाइपले हान्दा झुक्किएर आँखामा लागेको विद्यालयका प्रिन्सिपल सुजितकुमार गुप्ताले प्रहरी समक्ष वयान दिएका छन्।

Previous Post Next Post