Meta Title --> मुखमा कपडा कोचेर बुहारीको हत्या गरी फरार भएकी सायरा पक्राउ

मुखमा कपडा कोचेर बुहारीको हत्या गरी फरार भएकी सायरा पक्राउ


  मुखमा कपडा कोचेर बुहारीको हत्या गरी फरार भएको आरोपमा रौतहट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

६२ वर्षीया सायरा खातुनलाई घट्नाको ४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो। गढीमाई नगरपालिका–२ समनपुरबाट खातुन पक्राउ परेका हुन।

उनलाई रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

खातुनले ८ जेठ ०७७ मा बुहारी २२ वर्षीया निसनारा खातुनलाई कुटपिट गरी मुखमा कपडा कोचेर हत्या गरेको आरोप छ। उक्त घट्नापछि सायरा फरार थिईन।

गोप्य सूचनाका आधारमा सायरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर उमाशंकर प्रसादले जानकारी दिए।

Previous Post Next Post