उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मी सवार सरकारी नम्बर प्लेटको कार सुनसरीको वराहक्षेत्रमा दुर्घटना भएको छ।
विराटनगर महानगरपालिका– ४ मा घर भएको ५४ वर्षीय रेग्मी सवार बीएबी ७१४६ नम्बरको कार मंगलबार साँझ मदन भण्डारी राजमार्ग अन्तर्गत बराहक्षेत्र नगरपालिका–३, नडाह खण्डको जंगलमा दुर्घटना भएको हो।
काठमाडौंबाट विराटनगर आउँदै गरेको कार दुर्घटनामा रेग्मी र उनका भिनाजु इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन्। घाइते भएका दुवै जनाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
तीव्र गतिमा रहेको कार ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। कारमा चालकसहित ५ जना सवार थिए। अन्यको अवस्था सामान्य छ।