अण्डा हाम्रो दैनिक आहारको एक महत्त्वपूर्ण स्रोत मानिन्छ किनभने यो प्रोटिन र भिटामिन डी सहित धेरै महत्त्वपूर्ण पोषक तत्त्वहरूको राम्रो स्रोत हो। स्वस्थ जीवनशैली बिताउनको लागि, सामान्यतया दिनमा २ वटा उमालेको अण्डा खानुपर्छ।
अण्डा धेरै मानिसहरूलाई आकर्षित गर्ने स्वादिष्ट खाना हो भन्ने कुरालाई नकार्न सकिँदैन । त्यसैले केही मानिसहरू यसलाई अत्यधिक खान थाल्छन्। अण्डा खानुका अनगिन्ती फाइदाहरू भए पनि, केही रोगहरूको अवस्थामा यसलाई सकेसम्म कम सेवन गर्नुपर्छ।
किन धेरै अण्डा खानु हुँदैन?
वास्तवमा, यदि तपाईंले हरेक दिन सीमाभन्दा बढी अण्डा खानुहुन्छ भने, तपाईंको तौल बढ्न सक्छ र यसले मुटु रोगको जोखिम पनि बढाउँछ। प्रसिद्ध भारतीय आहारविद् आयुषी यादवले भनिन्, ‘अण्डामा महत्त्वपूर्ण पोषण हुन्छ, तर यो पनि सत्य हो कि यदि धेरै मात्रामा सेवन गरियो भने यसले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। आफ्नो तौल नियन्त्रण गर्न खोजिरहेका र मुटु सम्बन्धी समस्याबाट पीडित व्यक्तिहरूले अण्डा सेवन गर्दा सावधानी अपनाउनु पर्छ।