Meta Title --> झापामा दाउरा खोज्न जंगल गएकी राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु

झापामा दाउरा खोज्न जंगल गएकी राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु


 कचनकवल गाउँपलिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा दाउरा खोज्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

आज मध्यान्ह तारावनाकी ३५ बर्षीय केलाबत्ती राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

कचनकवल गाउँपलिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा स्थानीय १५–२० जना महिला दाउरा र घाँस काट्न गएका थिए । उक्त क्रममा केलाबत्ती राजवंशीलाई एउटा जंगली हात्तीले लखेटेको थियो ।

उनी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै जंगली हात्तीले आक्रमण गरी घाइते अवस्थामा राजवंशी फेला परेकी थिइन् ।

Previous Post Next Post