Meta Title --> समिक्षालाई के आईलाग्यो यस्तो ? जता गए’नी ‘१० लाख’कै पीर !

समिक्षालाई के आईलाग्यो यस्तो ? जता गए’नी ‘१० लाख’कै पीर !


 नायक पल शाहमाथि बलात्कारको आरोप लगाएर १० लाखको डिमाण्ड गरेको विषयले गायिका समिक्षा अधिकारीलाई अझै छोडेको छैन।

गत शनिवार कपिलवस्तुको बाणगंगास्थित जितपुरमा आयोजित ‘कपिलवस्तु महोत्सव’ मा गीत गाउन पुगेका वेला पनि यही विषयमा उनले हुटिङ सहनु पर्यो। प्रस्तुति सुरु गर्नु पुर्व माईक समाउनासाथ भीडबाट ‘१० लाख…, १० लाख…’ भन्दै हल्ला भयो।

रिसले आगो भएकी उनले पनि ‘तपाईँको दिदी, तपाईँको आमा, तपाईँको बहिनी हो १० लाख ?’ भन्दै भनिदिईन। ‘आफ्नो दिदीबहिनीलाई भन्या हो ? गएर आफ्नो आमालाई भन्नु न जानु… सुन्नुभयो नि…’ भन्दै उनले उल्टै आलोचकलाई थर्काईन।

Previous Post Next Post