Meta Title --> अमेरिकामा आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो

अमेरिकामा आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो


 अमेरिकामा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ। आगलागीमा परेर अमेरिकाको लस एन्जलस र क्यार्लिफोनियामा २४ को मृत्यु भएको हो।

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलोका कारण कूल २४ जनाको मृत्यु भएको काउन्टी अफ लस एन्जलस डिपार्टमेन्ट अफ मेडिकल एग्जामिनरले जनाएको छ। हिजो १६ जनाको मृत्यु भएको जनाएको लस एन्जलस प्रशासनले आज थप ८ जनाको मृत्यु भएको जनाएको हो।

क्यालिफोर्नियाका मौसमविद्हरूले आगामी दिनमा तीव्र गतिमा हावा चल्ने चेतावनी दिएका छन्। जसका कारण आगलागी अझ भीषण हुने आशंका गरिएको छ। आगोले बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भइसकेको छ।

Previous Post Next Post