Meta Title --> दीपेन्द्रको कार बापत लाग्ने कर सारडा ग्रुपले तिर्ने

दीपेन्द्रको कार बापत लाग्ने कर सारडा ग्रुपले तिर्ने


 नेपाल प्रिमियर लिग (एनपीएल)२०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ भएका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ओमोडा ईफाइभ डिलक्स एसयूभीसहित पुरस्कृत गरेको छ ।

एसपीजी अटोमोबाइल्स प्रा.लि.(ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को कम्पनी शारडा ग्रुपले उक्त पुरस्कार दिएको हो । ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक समेत हो ।

प्रतियोगिताभरी दीपेन्द्रले ९ खेलमा २२७ रन, ९ विकेट, सात रन–आउट गराउँदै आफ्नो टोलीलाई फाइनल खेलसम्म सफलताको यात्रामा पुर्‍याएका थिए ।

Previous Post Next Post