ऊर्जामन्त्री दीपक खड्कामाथि मन्त्रालयमै हातपात भएको खुलेको छ। गत शुक्रबार साँझ करिव ६ बजे मन्त्रालयबाट निस्कदैँ गर्दा भ¥याङमा उनीमाथि एक व्यक्तिले हातपात गरेका हुन।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार बुढानीलकण्ठमा बोलाएको मन्त्रीसहितको संसदीय दल कार्यसमितिको बैठकमा खड्काले आफूमाथि हातपात भएको बताएका हुन। मन्त्रालयमै त्यसरी हातपात हुँदा पनिसुरक्षाकर्मी समयमै नपुगेको भन्दै उनले गुनासो गरे।
बैठकमा गृहमन्त्री रमेश लेखकले भने समयमै किन जानकारी नगराएको भन्दै प्रश्न गरे। उनले भनेका थिए–‘मलाई समयमै किन भन्नुभएन त?’ लेखकको जवाफ उधृत गर्दै एक मन्त्रीले भने–‘अब यस्ता घटना दोहोरिन दिइदैन।’
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरले बैठकमा मन्त्रीमाथि हातपात भएको कुरा उठेको वताए। ऊर्जामन्त्रीले आफूमाथि आक्रमण भएको भन्दै सबैलाई सचेत रहन आग्रह गरेको उनको भनाई छ।