Meta Title --> वरिष्ठ अधिवक्ता त्रिपाठी कुट्नेलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

वरिष्ठ अधिवक्ता त्रिपाठी कुट्नेलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति


 काठमाडौं जिल्ला अदालतबाहिर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न सात दिनको म्याद पाएको छ । बुधबार भएको घटनालगत्तै कुट्ने व्यक्ति ललितकुमार केसी पक्राउ परेका हुन् ।

पक्राउ परेका केसीलाई सिहंदरबार वृत्तमा थुनामा राखिएको छ । प्रहरीका अनुसार उनले आफू घरजग्गा कारोबारी रहेको बयानमा बताएका छन् । तर उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध व्यक्ति हुन् कि होइनन् भन्नेबारे भने प्रहरीले केही सबुत फेला पारिसकेको छैन ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले थुनामा रहेका केसीले हातपात गर्नुको स्पष्ट कुनै कारण बताएका छैनन् । उनले भने, 'रास्वपासँग उनको सम्बन्ध छ कि छैन भन्ने र उनले किन हातपात गरे भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको छ ।'

Previous Post Next Post