Meta Title --> निकोलस भुसाल फेरि पक्राउ परे

निकोलस भुसाल फेरि पक्राउ परे


  हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा कास्की प्रहरीले फेरि डा. निकोलस भुसाल (कमल)लाई नियन्त्रणमा लिएको छ ।

गत पुस ८ गते प्रहरीले उनलाई पहिलोपटक पक्राउ गरेको थियो । सोही दिन विद्युतीय अपराधको मुद्दामा उनलाई म्याद थपका लागि अदालत समेत लगिएको थियो । तर उक्त दिन म्याद थप गर्न अदालतले इन्कार गरेको थियो ।

त्यतिबेला न्यायाधीश नारायण दाहालको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थिएन । अदालतले आदेश नदिएपछि भुसाललाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नेगरी सोही दिन नै रिहा गरिएको थियो ।

लामिछानेसहितका प्रतिवादीहरू अदालतले धरौटीमा रिहा गरेपछि काठमाडौं गइसकेका छन् । उनै लामिछानेको तस्बिर खिचेका भुसाललाई भने प्रहरीले सोही मुद्दामा पुनः पक्राउ गरेको हो ।

Previous Post Next Post