Meta Title --> फेरि भैरहवा उडान भर्दै अन्तर्राष्ट्रिय विमान कम्पनी

फेरि भैरहवा उडान भर्दै अन्तर्राष्ट्रिय विमान कम्पनी


 भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी समस्याका कारण उडान रोकेका अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले फेरि उडान सुरु गरेका छन् । भैरहवामा यसअघि कात्तिकमा उडान सुरु गरेका कम्पनीले भिजिबिलिटी कम भएको कारण देखाउँदै उडान रोकेका थिए ।

फ्लाइ दुबईले १३ जनवरी (पुस २९) बाट उडान सुरु गरेको छ । फ्लाइ दुबईले डिसेम्बर १५ देखि उडान रोकेको थियो । फ्लाइ दुबईले पुस २९ देखि दैनिक एक उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए। 

उनका अनुसार, फ्लाइ दुबईले १३ तारिकबाट दैनिक एक फ्लाइट गरिरहेको छ । ३१ जनवरीबाट जजिराले पनि सुरु गर्दै छ । फेब्रुअरी १ देखि थाइ एयर एसियाले हप्ताको तीनवटा फ्लाइट गर्ने तयारी छ ।

Previous Post Next Post