Meta Title --> बिमा रकम हत्याउने भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या

बिमा रकम हत्याउने भारतीय प्रेमीसँग मिलेर श्रीमान‍्को हत्या


 कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमान‍्को हत्या गरेकी छन्। बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीया सियाराम रानाको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेको खुलेको छ।

भारतको खिरी जिल्ला, सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा जनककुमारी रानाले श्रीमान‍्को इटाले प्रहार गरेर हत्या गरेकी हुन्। रानाको शव २०८१ मंसिर १३ गते उनकै घरमा फेला परेको थियो।

दोस्रो दिन प्रहरीले श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर पूर्पक्षका लागि कारागार पठाएको थियो। उनका प्रेमी भारतीय नागरिक २०८१ पुस २८ गते पक्राउ गरका थिए ।

Previous Post Next Post