आगामी फागुन २ गते रिलिज हुने फिल्म दुखी आत्माको टिजर सार्वजनिक गरिएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ३ मिनेट भन्दा लामो टिजर सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई कलाकार नायक दयाहाङ राई र नायिका आँचल शर्मा हाबी छन्। एडल्ट बिषयवस्तुमा तयार पारिएको फिल्ममा द्विअर्थी लाग्ने संवाद प्रशस्त छन्। फिल्ममा एडल्ट विषयवस्तु भएको यसको टिजरबाटै पनि थाहा हुन्छ। विशेषगरी, आ“चलको संवादले यसलाई प्रष्ट्याइदिएको छ।