सामाजिक सञ्जालमा चर्चा कमाउने लोभमा पछिल्लो समय युवायुवतीहरु फोटो/भीडीओका लागि मरिहत्ते गर्छन। राम्रा र लोभलाग्दा फोटो/भीडीओका लागि जस्तो सुकै खतरा मोल्न पनि तयार हुन्छन्। फोटो/भीडीओको लोभमा कतिपयले ज्यानै जोखिममा पार्ने गरेका छन्।
३ दिन अघि चितवनमा यही प्रवृत्ति दोहोरियो। फोटो खिच्ने लोभमा चितवनको भरतपुर महानगरपालिका–१६, प्रगतिटोलका अर्जुन गौतम (३५) ले बिहीबार (कात्तिक २२) ज्यान गुमाए। भरतपुरमै प्रभावशाली चार्टर्ड एकाउन्टेन्टको रूपमा नाम कमाएका अर्जुनको फोटो कै कारण मृत्यु भयो।
छठ पर्वको विदा थियो। पारीवारिक स्रोतको अनुसार कतै घुम्न गएर विदा मनाउने उनको योजना थियो। त्यसैले नारायणी सामुदायिक अस्पतालमा नर्स रहेकी श्रीमती शर्मिलालाई पनि उने एक दिनको बिदा लिएर घुम्न जाने प्रश्ताव गरे। तर, शर्मिलाले ‘आज बिदा मिलाउन सकिन्न, अरू कुनै दिन मिलाएर जाउँला’ भनेर उनको प्रश्ताव अस्विकार गरिन। त्यति भनेर हस्पिटल निस्किएकी उनले त्यसपछि अर्जुनलाई पतिको रुपमा देख्न पाईनन्।