सिन्धुलीको हरिहरपुरगढी नगरपालिका–३ चपराडाँडामा ७६ वर्षीय डोमान सिंह सार्कीले फलामको गल (खन्ती)ले हान्दा छोरा ४९ वर्षीय लीलाबहादुर पुर्कोटी सार्कीको ज्यान गयो। यो विभत्स घट्ना रक्सी र वृद्ध भत्ताको विवादले भएको खुलेको छ।
वडा सदस्य कमल बहादुर रानाका अनुसार लिलाबहादुर अधिकांश समय रक्सीकै नसामा रहने गरेका थिए। जाँडरक्सी खाएर हिँडेकै कारण श्रीमतीले पनि छोडेर हिडेकी थिईन। त्यसपछि उनी बुबाआमासँगै बस्दै आएका थिए।
उनी आमाबुबाको बृद्धाभत्ता आएपछि प्रायः पैसा मागेर सधैं झगडा गर्थे। यस पटक पनि बुवा डोमान र आमा बिल्कुले ११ पुसमा वृद्ध भत्ता थापेको थाहा पाएपछि सोही पैसा लिनका लागि झगडा गर्ने क्रममा घट्ना भएको खुलेको छ।