Meta Title --> गाईघाटमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

गाईघाटमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु


 उदयपुरमा ट्याक्टरको ठक्करबाट सोमबार स्कुटर चालकको मृत्यु भएको छ।

सोमबार दिउँसो करिव १२ बजे सदरमुकाम गाईघाटको मेनचौकमा स १ त ७८२१ नम्वरको ट्याक्टरले प्रदेश १–०५–००१ प ७६८४ नम्वरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटर चालक रौतामाई गाउँपालिका–७, मुर्कुचीका ४० बर्षिय बासु खड्का घाईते भएका थिए। जिल्ला अस्पताल उदयपुर पु¥याईएका खड्काको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटरलाई ठक्कर दिने ट्याक्टरका चालक त्रियुगा नगरपालिका–४ का क्रान्ती चौधरीलाई उदयपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

Previous Post Next Post