Meta Title --> अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै तीन नेपालीलाई देश निकाला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै तीन नेपालीलाई देश निकाला


 डोनाल्ड ट्रम्पले अमेरिकाकाको नेतृत्व गरे लगत्तै तीन नेपाली नागरिक अमेरिकाबाट देश निकालामा परेका छन्। गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका उनीहरुलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो।

देश निकालामा परेकाहरु गत साता नै एयर इन्डियाको फ्लाइटबाट काठमाडौं फर्किसकेको जनाईएको छ। निष्कासित हुनेमा लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसी छन्।

नेपालको अध्यागमन स्रोतका अनुसार लोकबहादुर ओली तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए भने अन्य दुई जना गैरकानुनी रुपमा बसोबास गर्दै आएका थिए। अमेरिकाबाट यसअघि पनि गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरू देशनिकालामा पर्दै आएका थिए।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले लगत्तै जारी गरेको आप्रवासनसम्बन्धी नयाँ कार्यादेशले संसारभर तरंग ल्याएको छ। यसबाट गैरकानुनी रुपमा अमेरिकामा बस्दै आएका करिब १ हजार ३ सय नेपालीहरू प्रभावित हुने अनुमान गरिएको छ।

Previous Post Next Post