१५ दिनअघि सल्यानको वनगाड कुपिन्डे नगरपालिका–११ की २६ वर्षीया पूर्णिमा राना मगरले आफ्नै २ नाबालिका छोरीको हत्या गरेको घट्नामा प्रहरीले आश्चर्यजनक तथ्य वाहिर ल्याएको छ।
पतिले शारीरिक र मानसिक तनाव दिएको तथा परपुरुषसँग वात लाएपछि आवेगमा आएर आफुपनि आत्महत्या गर्ने योजनाका साथ छोरीको हत्या गरेको पूर्णिमाले बताउँदै आएकी थिईन। तर, अनुशन्धानका क्रममा भने पूर्णिमाको वयानभन्दा फरक तथ्य फेला परेको छ।
प्रहरीका अनुसार प्रेमीका अगाडि अविवाहित देखिन उनले छोरीहरु ३ वर्षीया करिश्मा र ६ महिनाकी राघवी रानाको घाँटी थिचेर हत्या गरेको खुलेको छ। प्रेमीसँग विवाह गर्ने योजना बनेपछि घाँडो भएका छोरीहरु सदाका लागि पन्साउने योजना अनुसार पूर्णिमाले छोरीको हत्या गरेको प्रहरीको भनाई छ।