Meta Title --> मोरङमा हिलोमा मुन्टो जोतिएको अवस्थामा एक ब्यक्तिको शव भेटियो

मोरङमा हिलोमा मुन्टो जोतिएको अवस्थामा एक ब्यक्तिको शव भेटियो


 मोरङमा नालीमा टाउको जोतिएको अवस्थामा एक ब्यक्तिको शव फेला परेको छ। सुनवर्षी नगरपालिका–४ काशीजान टोलमा बुधबार बिहान सोही वडाको खिर्कीडाँगीका ५५ वर्षीय कात्तिकलाल सुतिहारको शव फेला परेको हो।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार बिहान करिव साढे ८ बजे टाउकाको भाग नालीमा डुबेको अवस्थामा सुतिहारको शव भेटिएको हो। शव नजिकै साइकलसमेत भेटिएको जोशीले जानकारी दिएका छन्।

गाउँघरमा मिस्त्री काम गर्दै आएका सुतिहार मंगलबार राति साईकल लिएर काशीजान टोलबाट खिर्कीडाँगीस्थित घरतर्फ फर्कने क्रममा घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ। हिलाम्य सडकमा साइकल चिप्लिएर टाउको नालीमा बज्रदा डुबेर घटना भएजस्तो देखिएको प्रहरीले जनाएको छ।

‘टाउको नालीमा बज्रिएपछि उठ्न नसकेकाले घट्ना भएको हो की भन्ने छ।’– प्रहरी स्रोतले भन्यो। डीएसपी जोशीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान भईरहेको बताए।

Previous Post Next Post