राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टिका संग्रौला (ज्वाला) को अर्को विवादित स्ट्याटस सार्वजनिक भएको छ। उनले आफ्नो फेसवुकमा आफनो विरोध वा आलोचना गरेर आफुलाई रास्वपा हुँ भन्नेहरु कुनै न कुनै काण्डमा मुछिएको समेत दाबी गरेकी छिन्।
केही दिनअघि फेसवुकमै ‘रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कार आरोपीलाई उन्मुक्ति दिएको’ अभिव्यक्ति दिएपछि उनी विवादित बनेकी थिइन्। पार्टीका संस्थापक नेता लामिछानेमाथि चौतर्फी घेराबन्दी भइरहेका बेला केन्द्रीय सदस्यबाटै ‘भ्रम फैलाउने खालको’ अभिव्यक्ति दिएको भन्दै ज्वालामाथि दर्जनौँ नेता–कार्यकर्ताहरूले कारबाहीको माग गरेका थिए।