अछामको ढकारी गाउँपालिका–८, पलसाटाका १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईश्वरी खड्काको शंकास्पद मृत्यु प्रकरणमा ७ जना विरुद्ध किटानी जाहेरी परेको छ। ती मध्ये ५ जना युवक पक्राउ परेका छन्।
पीडित परिवारले ढकारी गाउँपालिका–१ र ३ का गरी शंकास्पद ७ जनाको नाम उल्लेख गरेर अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले सुरुमा दुई युवकलाई पक्राउ गरेको थियो। उनीहरुको वयानका आधारमा थप ३ जना पक्राउ परेका हुन। अछाम प्रहरी प्रमुख, डीएसपी इश्वरीप्रसाद भण्डारीका अनुसार पक्राउ परेका किशोरहरु नाताले मृतक एक किशोरीका भिनाजु पर्छन।
अनुसन्धानका क्रममा मृतक किशोरीहरुसँग पक्राउ परेकाहरुले भेटघाट गर्ने गरेको पाइएको छ। घटनाका दिन स्थानीयले घटनास्थलभन्दा माथि केही किशोरलाई देखेका पनि थिए। हालसम्मको अनुसन्धानले एक जना किशोरीले बिवाह गर्न नमान्दा दुवै जनाको हत्या भएको देखिएको छ।