Meta Title --> विवाहका लागि भागेका प्रेमीप्रेमीका एउटै कोठामा मृत भेटिए

विवाहका लागि भागेका प्रेमीप्रेमीका एउटै कोठामा मृत भेटिए


 रुकुमपश्चिमको त्रिवेणीमा विवाहका लागि भागेका किशोर किशोरी मृत फेला परेका छन्। त्रिवेणी गाउँपालिका–४, खुम्चेरीका भागिरथ खड्काका छोरा १९ वर्षका लोकेन्द्र खड्का र वडा नम्बर ६ की १९ वर्षकै सपना पुन मगर मृत फेला परेका हुन।

किशोर किशोरी एउटै कोठामा मृत अवस्थामा फेला परेको त्रिवेणी गाउँपालिका–४ का वडाध्यक्ष नन्नराम बाँठाले वताए। स्थानीयका अनुसार लोकेन्द्र झुण्डिएको अवस्थामा फेला परेका हुन भने सपनाको शव भुइँमा फेला परेको हो।

चार दिन अघि विवाहको लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएका थिए। वडाध्यक्ष बाँठाका अनुसार शनिबार बिहान दुबै जना मृत अवस्थामा फेला परेका हुन्। लोकेन्द्रकी आमा बिरामी भएपछि बुवाको साथमा उपचारको लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो।

लोकेन्द्र भागिरथका एक्लो छोरा हुन। उनकी एक बहिनी काठमाडौँमा अध्ययनरत छिन्। प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ।

Previous Post Next Post