काभ्रेको धुलिखेलस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन्।
राती ९ बजे धुलिखेल नगरपालिका–९ मा श्यामप्रसाद दहालले सञ्चालन गरेको श्यामसुन्दर फर्निचर सेन्टरमा आगलागी भएको थियो। विद्युत् सर्ट सर्किटका कारण भीषण आगलागी हुँदा ७० वर्षीया टीका देवी दंगालको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीमा मृतकका पति तोयानाथ दंगाल घाइते भएका छन्। उनीहरू फर्निचर उद्योगको रेखदेखको काममा थिए। प्रहरी, स्थानीयवासी, धुलिखेल र नमोबुद्ध नगरपालिकाको दमकलको सहयोगमा आगो निभाईएको प्रहरीले जनाएको छ।
आगो बिहानी पख मात्रै नियन्त्रणमा आएको हो।