Meta Title --> मावल वस्दै आएकी १० वर्षीया बालिकाको शव बारीमा भेटियो, घाँटीमा डाम

मावल वस्दै आएकी १० वर्षीया बालिकाको शव बारीमा भेटियो, घाँटीमा डाम


  इलामको माङ्सेबुङ गाउँपालिकास्थित मामा घरमा वस्दै आएकी एक बालिकाको शंकास्पद अवस्थामा शव फेला परेको छ। उनको हत्या भएको स्थानीयले आशंका गरेका छन्।

माङ्सेबुङ गाउँपालिका–१, तोभाङका सुरेन्द्र राईकी छोरी १० वर्षीया सुप्रिया राईको शव फेला परेको हो। सानैदेखि सोही वडास्थित मामा घरमा वस्दै आएकी सुप्रियाको देउराली भन्ने स्थानको बारीमा शव फेला परेको हो। प्रहरीका अनुसार उनको घाँटीमा डाम छ।

गएराति करिव ९ बजे प्रहरीलाई बालिकाको शव फेला परेको विषयमा जानकारी प्राप्त भएको थियो। जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी मानबहादुर राईका अनुसार घटना शंकास्पद छ।

बालिकाको शव पोस्टमार्टमका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको उनले वताए। प्रहरीले घट्नाको अनुशन्धान सुरु गरिसकेको छ।



Previous Post Next Post