Meta Title --> आफनै कञ्चटमा गोली प्रहार गरेका प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु

आफनै कञ्चटमा गोली प्रहार गरेका प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु


 २ दिनअघि आफनै कञ्चटमा गोली प्रहार गरेर घाईते भएका प्रहरी जवानको मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल विष्टको उपचारका क्रममा मृत्यु भएको हो। विष्टले गत ९ मा माघको राति ड्युटीमा रहेकै बेला आफैंलाई गोली हानेका थिए।

टाउकोमा गोली लागी गम्भिर भएका विष्टलाई उपचारका लागि कैलालीस्थित निसर्ग अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा विष्टको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

यसअघि गत १२ पुसमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले पनि ड्युटीकै समयमा आफैंमाथि गोली प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका न्यौपाने भने अहिले उपचारपछि घर फर्किसकेका छन्।

प्रहरी जवानहरूले के कारण आत्मघाती गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी डीएसपी उमेशराज जोशीले बताए।

Previous Post Next Post