Meta Title --> २ बजे राती आग्लोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

२ बजे राती आग्लोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ


 धनुषामा एक महिलाको हत्या आरोपमा उनकै श्रीमान पक्राउ परेका छन्। धनुषाधाम नगरपालिका–५ पर्वताकी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको हो।

जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माईती भएकी ठाकुरको उनकै श्रीमान ३३ वर्षीय देवलाल ठाकुरले शनिबार राति २ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालयका धनुषाका डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

देवलालले ढोकामा लगाउने आग्लोले हानेर श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार देवलाल र संगीताबीच विवाद भएको थियो। विवादका क्रममा देवलालले आग्लो प्रहार गर्दा उनको मृत्यु भएको हो।

Previous Post Next Post