सल्यानको कुपिण्डेमा ३ वर्ष र ६ महिनाका दिदी वहिनी घरभित्रै मृत फेला परेका छन्।
कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँका टेकमान रानाका नाबालिका छोरीहरु वुधबार विहान मृत अवस्थामा फेला परेका हुन।
प्रहरीका अनुसार आमा पुर्णिमा राना पनि घरमै भएका वेला उनीहरु मृत फेला परेका हुन। बुवा टेकमान भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर बाबुराम बस्नेतले जानकारी दिए।
घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ। इन्स्पेक्टर वस्नेतले भने– ‘घट्ना कसरी भयो भन्ने खुलेको छैन, तर कसैले केही गरेको हुनपर्छ। हामी अनुसन्धानमै छौं।’